करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएकाे समितिको निष्कर्ष

काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले यस्तो प्रतिवेदनमा पेश गरेका हुन् । प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला तत्कालीन अर्थमन्त्री शर्मामाथि जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप थियाे । यसको चर्को आलोचनापछि शर्माले पदबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार