जनार्दन बजेट प्रकरण : संसदीय विशेष समितिको प्रतिवेदन तयार

काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । समितिका एक सदस्याले बिहीबार दिनभर सिंहदरबारमा प्रतिवेदन लेखनमा जुटेको र साँझ काम सकेको जानकारी दिए ।

ती सदस्यका अनुसार सो प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर बुझाउने तयारी छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला तत्कालीन अर्थमन्त्री शर्मामाथि जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप छ । यसको चर्को आलोचनापछि शर्माले पदबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार