सरकारले प्लाष्टिकको मालामा लगायाे प्रतिबन्ध

काठमाडौं : सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ ।

आज (बिहिबार) वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

सूचना अनुसार अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध मानिनेछ ।

वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार