सिद्धिचरणमा पहिरोले दुई घर विस्थापित

काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा-९ का दुई घर पहिरोका कारण विस्थापित भएका छन् ।

नगरपालिका वडा-९ का अध्यक्ष गुणबहादुर खड्काले स्थानीय लिला श्रेष्ठ र वेदकुमार श्रेष्ठको घर पहिरोले विस्तापित गरेको जानकारी दिए ।

विस्थापित परिवारका १२ जना सदस्य अहिले छिमेकीको शरणमा पुगेका छन् । राहत प्रदान गर्नका लागि प्रशासन कार्यालयमा निवेदन प्रक्रिया अघि बढेको र आफूले समेत व्यक्तिगत रुपमा सहयोग जुटाउन पहल गरिरहेको वडाअध्यक्ष खड्काले बताए ।

पहिरोले घर बगाउने स्थिति आएपछि बिहान जेसिवीले माटो मिलाउने काम गरे पनि घरछेउ सम्म नै जेसिवी पुर्‍याउन नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार