विद्यार्थीलाई यातना र अनावश्यक पुस्तक नबोकाउन प्याब्सनको निर्देशन

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले विद्यार्थीहरूलाई यातना र अनावश्यक बढी पुस्तकको भारी नबोकाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई निर्देशन दिएको छ ।

बुधबार प्याब्सनले आयोजना गरेको आइटी र लाइब्रेरियन तालिमका लागि हस्ताक्षर कार्यक्रममा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले प्रधानाध्यापक र शिक्षकहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले बढी पुस्तक बोकाउँदा र यातना दिँदा विद्यार्थीहरुलाई मानसिक र शारिरीक असर पुग्ने बताए ।

‘अहिले विद्यार्थीलाई शिक्षकले दिएको यातना र भारी पुस्तकको झोला बोकाएको विषय मिडियामा चर्चामा छ, झोला जोखेको भिडियो देख्दा म आफैँ दुःखी छु, हामीले विद्यालयलाई यसो नगर्न सर्कुलर जारी गरिसकेका छौं, फेरि भन्छु, कुनै शारीरिक र मानसिक यातना दिन पाइँदैन, नदिनु,’उनले भने ।

उनले विद्यार्थीहरूलाई नयाँ ढंगले पढाउन शिक्षकहरूलाई तालिम प्रदान गर्दै आएको र आचारसंहिता छिट्टै ल्याउने बताए । पछिल्लो समय निजी र सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई विद्यालयमै चरम यातना दिने घटना सार्वजनिक हुँदै आएका छन् । त्यस्तै, मापदण्डविपरीत अनावश्यक पुस्तक विद्यालयले बोकाइरहेका छन् । यही कारण बालबालिका सास्ती खेप्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार