खिजिदेम्बाको आग्रह : सवस्टेशन निमार्ण गर्न बोलपत्र आब्हान गरिदिनू

काठमाडौं  : ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले सवस्टेशन निमार्ण तथा केन्द्रीय प्रशारण लाइन विस्तारका विषयमा नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पालिकामा केन्द्रीय प्रशारण लाइन जडानका लागि हालसम्म भएको कामको विषयमा पनि जानकारी गराएका हुन् ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौंस्थित प्राधिकरणकाे कार्यालयमा मंगलबार भेटेर अध्यक्ष शेर्पाले ट्रान्समिटर मार्फत लाइन विस्तार तथा तत्काल सवस्टेशन निमार्ण प्रक्रिया अघि बढाउन बोलपत्र आब्हान गरी दिन अनुरोध गरेका हुन् ।

केन्द्रीय प्रशारण लाइन जोड्न गाउँपालिकाको केन्द्र खिजीफलाटे बजारसम्म पोल विस्तार भइसकेको पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार