ओखलढुगांमा एक वर्षको घटना : झुण्डिएर ४२ जनाले गरे आत्महत्या

काठमाडौं  : जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा एक वर्षको अवधिमा १ सय ७७ वटा घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ को विवरण अनुसार कर्तव्य ज्यान सम्बन्धी ५ वटा घटना दर्ता भएको हो । ज्यान मार्ने उद्योगको ४ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

विष सेवन गरी ८ जनाले ज्यान गुमाएका छन भने झुण्डिएर ४२ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । गएको वर्ष जबरजस्तीकरणीका २१ वटा, जबरजस्तीकरणी उद्योगका २, चोरीका ७, बहुविवाहको ६ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सवारी दुर्घटनाबाट ९ जनाको ज्यान गएको, भवितव्यमा परी ५१ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ ।

आगो लगाएर २ जनाले आत्महत्या गरेको, कुटपिटबाट अंगभंग भएको १ जना, सार्वजनिक नैतिकता विरुद्धको कसुर गरेको ७ वटा, औजारद्धारा आत्महत्या १ जना, पशुपंक्षी सम्वन्धि कसुरको एउटा घटना दर्ता भएको हो । हातहतियार खरखजनाको एक, अप्राकृतिक मैथुनको एक, बालयौन दुरुप्रयोग सम्बन्धी ५ वटा र जबरजस्तीकरणी गरी ज्यान मार्ने उद्योग गरेको सम्बन्धी एउटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार