श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं : ओखलढुंगा को चिशंखुगढी गाउँपालिका वडा-४ का प्रेमनुरी शेर्पालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कान्छी श्रीमती पुटी शेर्पाको हत्या आरोपमा ओखलढुंगा प्रहरीले शेर्पालाई मंगलबार घरबाटै पक्राउ गरेको हो ।

मृतक पुटी शेर्पाको यही ७ गते साँझ साडे ७ बजे साउनेबारीबाट घर फर्कने क्रममा भीरबाट लडेर घाइते भइ उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा पुर्याइएको र उनको उपचारका क्रममा ९ गते सोमबार विहान ११ बजे मृत्यु भएको भन्ने प्रहरीलाई सूचना आएको थियो ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान गर्दा उनको लडेर नभई श्रीमानको कुटपिटबाट मृत्यु भएको खुल्न आएको हो । शेर्पाले कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले उनलाई कर्तव्य ज्यान मुद्धामा कानुनी कारबाही अघि बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार