एसइई परीक्षा सार्वजनिक : ९६३३ जनाले ल्याए ४ जिपिए,२२६४० विद्यार्थी गलय

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बोर्ड बैठकपछि नतिजा प्रकाशन भएको हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३.६ देखि ४ जिपिए ९ हजार ६ सय ३३ जनाले ल्याएका छन् । चार लाख ९५ हजार ७ सय ५१ परीक्षार्थी परीक्षा आवेदन भरेकोमध्ये २२ हजार ६४० विद्यार्थी गलय थिए । ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थी संख्या ४१ हजार ६ सय २७ रहेको छ । २.८ देखि ३.२ सम्म जिपिए ल्याउने परीक्षार्थी संख्या ६९ हजार ९ सय रहेको बाेर्डले जनाएकाे छ ।

त्यस्तै,२.० देखि २.४ जिपिए एक लाख १२ हजार ७ सय ३३ जनाले ल्याएको बोर्डले जानकारी दिएको छ । २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ९० हजार ७ सय ५८ जना रहेको छ ।

१.६ देखि २.० जिपिए एक लाख पाँच सय ९४ जनाले ल्याएको बोर्डले जानकारी दिएको छ । त्यस्तै, १.२ देखि १.६ जिपिए ४४ हजार पाँच सय ८६ जनाले ल्याएको बोर्डले जनाएको छ।

कम जिपिए अर्थात् ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २ सय ८० रहेको बोर्डले जनाएको छ । एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार