जनार्दन शर्मा प्रकरण : छानबिन भएको १५ दिनपछि प्रतिवेदन लेखन सुरु

काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले भोलि(बुधबार)बाट प्रतिवेदन लेखन सुरु गर्ने भएको छ । समितिका सचिव सुरेन्द्र अर्यालले म्याद सकिनुको अघिल्लो दिन अर्थात् भोलि समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने जानकारी दिए ।

समितिले २२ गते गठन भएर एक सातापछि काम सुरु गरेको दश दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि साउन ५ गते ७ दिन थपिएको थियो । आज बिहान बसेको समितिको बैठकमा नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट हेरिएको र स्पष्ट नभएका विषय विज्ञले स्पष्ट पारेका बताइएको छ । तर,सिसिटिभीमा के देखियो भन्ने अहिले नै भन्न नमिल्ने उनले बताए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला तत्कालीन अर्थमन्त्री शर्मामाथि जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप छ । यसको चर्को आलोचनापछि शर्माले पदबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार