प्रधानमन्त्री रोजगार कार्यक्रम : लिखुमा १७ वटा योजना सकियो

ओखलढुगांको लिखु गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १७ वटा योजनाहरु सम्पन्न भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक शन्तोष खड्काले आ.व. २०७८÷७९ मा १७ वटा योजनाहरु सकिएको जानकारी दिए ।

उनका अनुसार युवा रुपान्तरणको लागि पहल आयोजनामार्फत सञ्चालन भएका योजनाबाट ६६ जनाले रोजगारी पाएका छन् । त्यस्तै,कामका लागि पारिश्रमिक आयोजनामा १ सय ७३ जनाले रोजागारी पाएका छन् ।

प्रति व्यक्ति एक सय दिन रोजगार उपलब्ध गराउने उद्धेश्यले युवा रोजगारको लागि रुपान्तरण पहल आयोजना अन्र्तगत हुलाकचौर ढलेपिपल सिप्ले सडक स्तरोन्नती योजना, भिमसेन स्थान जोगीडाँडा सडक स्तरोन्नती योजना, डाँडा गाउँ मोहरिया सडक स्तरोन्नती योजना सम्पन्न गरिएकाे उनले जानकारी दिए । त्यस्तै,उनले लिखु ५ बाटो मर्मत योजना र माटेवेशी खाल्टे राम्चे रवेवर सडक स्तरोन्नती योजना सम्पन्न भएको बताए ।

५ वटा आयोजना सम्पन्न गर्न ३८ लाख ७ हजार ६ सय २३ रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । यसैगरी कामका लागि पारिश्रमिक आयोजना अन्र्तगत सय दिन रोजगारी उपलब्ध गराउने गरी सम्पन्न गरिएको योजनामा गाउँपालिकासँगको समन्वयमा सिलढुगां पधेरो सिँचाई पोखरी तथा खानेपानी व्यवस्थापन योजना, कत्ले दह खेत संरक्षण तथा सडक तारजाली बुन्ने, लिखु ७ सडक मर्मत योजना सञ्चालन भएको हो ।

बाटुले बतासे सडक निर्माण, सिरिसे सम्मटार वडा कार्यालय डाँडाखर्क मझुवा पोखरीडाँडा स्तरन्नोति योजना र पोकली बाच्पु सडक सोलिङ गरिएको उनको भनाइ छ । पालिकासँगको समन्वय र प्रधानमन्त्री रोजगार कार्यक्रमको सर्शत बजेट गरी कुल ४४ लाख १५ हजार ९ सय बजेट खर्च भएको थियो ।

यस्तै,कामका लागि पारिश्रमिक आयोजना अन्र्तगत ५० दिन रोजगारी उपलब्ध गराउने गरी गरिएको कामहरुमा सुनारपानी कुवा, च्यूरिडाडँ, पसलटार, नौँविसे गोरेटोबाटो निमार्ण योजना, झ्याप्ले बाघखोरडाँडा, स्वास्थ्य चौकी सडक सोलिङ योजना, जुके, डाँडा गाउँ सिँचाई कुलो मर्मत योजना, गंगटे महाभिर कुटिडाँडा सिँचाई कुलो मर्मत योजना, दाह्रेगौडा, खाल्टे सडक स्तरोन्नती योजना र लेति काउले सडक सोलिङ योजनाको काम गरिएको संयोजक खड्काले जानकारी दिए । ६ वटा आयोजनामा ३३ लाख ७७ हजार ९ सय २० खर्च भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार