एसइईको नतिजा भोलि दिउँसो सार्वजनिक हुँदै

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोलि (बुधबार) दिउँसो प्रकाशित गर्ने जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको जानकारी दिए ।

उनले भने, ‘भोलि नतिजा प्रकाशित हुने कन्फर्म हो ।’ बोर्डले यसअघि पटक-पटक नतिजा प्रकाशित गर्ने समय सार्दै आएको थियो ।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो । बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार