काठमाडौं : ओलखढुंगा जिल्लाका ५२ हजार भन्दा बढी नागरिकहरुले कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाएका छन् ।
असार मसान्तसम्ममा ५२ हजार २ सय ५७ जनाले बुस्टर डोज लगाएकाे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।
कोभिड खोपको पहिलो मात्रा १ लाख ४ सय ३७ जनाले र दोस्रो मात्र ८७ हजार ७ सय ६ जनाले लगाएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २ गते सूचना जारी गरि २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिने निर्णय गरेको थियो ।