खिजिदेम्बामा पर्याप्त विद्युत आपूर्ति हुन नसक्दा उपकरण चलाउन समस्या

ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा-१ मा विद्युत पर्याप्त नरहेको जनप्रतिनिधिले गुनासो गर्न थालेका छन् । स्थानीय साल्पु खोलामा सञ्चालन भएको माइक्रो हाइड्रो परियोजनाबाट वडाबासीले विजुली बाले पनि त्यो पर्याप्त नरहेको वडा अध्यक्ष कुमार सुनुवारले बताए ।

मिल तथा अन्य कुनै उपकरण चलाउनका लागि विद्युतको क्षमताले नधान्ने गरेको उनले गुनासो गरे । विजुली बाल्न आर्थिक अवस्थाले धान्न नसक्ने तथा सेवाबाट बञ्चित विपन्न परिवारलाई आइतबार सोलार वितरण गरिएको छ । वडा अध्यक्ष सुनुवारले ८० वाटको सोलार वितरण गरिएको जानकारी दिए ।

उनले वडा-१ मा रहेको खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षाको क्षेत्रमा रहेको समस्या समाधानका लागि क्षेत्रगत रुपमा काम अघि बढाइएको बताए । उनले भने,‘वडाको विभिन्न टोल सुर्केनागी, गैरागाउँ, डाडाँगाउँ लगायतका ठाउँमा खानेपानीको पनि समस्या छ ।’

खानेपानी योजनाहरु पुरानो भएकाले पनि समस्या आएको उनको भनाइ छ । खानेपानी मुहानहरुको सरक्षण तथा मर्मत गर्न बजेट विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ । एकताबद्ध भएर सबै सरोकारवाला निकायसँग समन्वय गरी विकासको काम गरिने सुनुवारले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार