खापाटोलकाे एक घरमा आगलागी हुँदा ७ लाखको क्षति

काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका-७ विगुटारको खापाटोलको एक घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । स्थानीय निम्फुरी शेर्पाको घरमा आगलागी भइ घर पूर्णरुपमा क्षति भएको हो ।

नगरपालिका-७ का अध्यक्ष भलबहादुर कटवालका अनुसार विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । उनले भने, ‘यो घटना गत ७ गतेबेलुका भएको हो,अन्नपात, लत्ताकपडा, भाडावर्तनसबै जल्दा करिब ७ लाख बराबरको क्षति भएको छ ।’

उनका अनुसार निम्फुरी घरमा एक्लै थिए । उनले अन्य परिवार पारिवारिक झैझगडाका कारण काठमाडौंमा बस्दै आएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार