ओखलढुंगाबाट तीन महिनामा १ हजार भन्दा बढी नागरिकता वितरण

काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुगांले तीन महिनामा १ हजार ३ सय १७ वटा नागरिकता वितरण गरेको छ । प्रशासन कार्यालयले वैशाख १ देखि असार मसान्तसम्म १ हजार ३ सय १७ वटा नागरिकता वितरण गरेको हो ।

६ सय ७८ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको प्रशासनले स्वतः प्रकाशन मार्फत जानकारी दिएको छ । दलित, आदिवासी, जनजाति तथा अन्य गरी १ सय २७ जनाको सिफारिस भएका छन् । नागरिक एपमा नागरिकतामा विवरण १ सय ४० जनाको अद्यावधिक गरिएको छ ।

प्रशासन कार्यालयका अनसार साधरण र दु्रत गरी ६ सय ४ जनाको राहदानी सिफारिस गरिएको छ । ३ महिनाको अवधिमा २ हजार १९ जनाको राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरिएको छ । विभिन्न विषयमा प्रशासनमा १३ वटा गुनासो तथा उजुरी दर्ता भई सुनुवाई समेत सकिएको छ । २ वटा संस्था दर्ता भएको र १४ वटा संस्थाले नविकरण गराएको प्रशासनले जनाएको छ ।

त्यस्तै,जिल्ला भित्रको ९ वटा हातहतियार नविकरण गरिएको छ । ६ वटा सार्वजनिक अपराध सम्वन्धी मुद्धा दर्ता भई फर्छयौट  भएको छ । बजार अनुगमन एक पटक गरिएपनि कार्यालय अनुगमन भने नभएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ९ घरधुरीलाई त्रिपाल राहत वितरण गरेको छ ।

सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई जनमैत्री बनाउने उदेश्यले तयार पारिएको सुशासन कार्ययोजना, २०७७ अनुसार सबै सरकारी कार्यालयहरुले स्वतः प्रकाशन गर्ने व्यवस्था गरिएको हो । सोही अनुसार प्रशासन कार्यालयबाट सम्पादन भएको मुख्य कामहरुको विवरण प्रकाशन गरेको प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार