पुन: कोरोना संक्रमिण बढ्दै,एकै दिन थपिए ५६८ संक्रमित

काठमाडौं : देशभर पछिल्लो समय थप ५ सय ६८ जना कोभिड-१९ का संक्रमित भेटिएको छन् । २४ घन्टामा गरिएको ४८ सयवटा नमूना परीक्षणमा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज १ जना संक्रमितको मृत्यु भएको छ भने ९५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशभर २७ जना संक्रमित आइसियूमा‚ २ जना भेन्टिलेटरमा‚ १२७ जना संस्थागत आइसोलेशनमा र ३४ सय ७ जना होम आइसोलेशनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार