डुंङ्गेश्वरमा चट्याङ लागेर ११ जना घाइते,एक गाई र एक बाख्रा मरे

काठमाडौं : जिल्लाको डुंङ्गेश्वर गाउँपालिका–२ सेर्माकोमा चट्याङ लागेर ११ जना घाइते भएका छन् ।

दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले कोदो गोड्ने काम गरेर दिउँसोको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ पर्दा ११ जना घाइते भएको जानकारी दिए ।

उनका अनुसार वर्षा पनि भइरहेको थियो । उनले चट्याङ लागेर एक गाई र एक बाख्रा पनि मरेको जानकारी दिए ।

चट्याङबाट घाइते हुने मानिसको सङ्ख्या बढ्न सक्ने उनको अनुमान छ । उनका अनुसार घाइते भएकाहरूलाई अहिले उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याइसकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार