ओखलढुंगामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सरकारसँग बजेट माग

काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले जडिबुटी प्रशोधन केन्द्रका लागि सरकारसँग बजेट माग गरेको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जडिबुटि प्रशोधन केन्द्र, नमूना नर्सरी स्थापना, वृक्षरोपण, वन पथमार्ग निमार्ण, होमस्टे प्रर्बद्धन, पर्यटन कार्यक्रम सञ्चालन गर्न वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई माग पत्र पेश गर्दै बजेट विनियोजन गर्न अनुरोध गरेका हुन् ।

निर्वाचनको समयदेखि नै खिजीदेम्बामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी रोजगारी सिर्जना गर्ने एजेण्डा अध्यक्ष शेर्पाले उठाउँदै आएका थिए । त्यही घोषित कार्यक्रम पूरा गर्न उनले सरकारसँग बजेट माग गरेका हुन् ।

उनले खिजीदेम्बा-१ पोकली झरना हुँदै काभ्रे, चिलिमडाँडा, फेताले, लाम्जे बौद्ध, गौरीवन, चुलीदेवीथान, थापडाँडा, चुप्लुभन्ज्याङ हुँदै पर्यटकीय गन्तव्य थोलेदेम्बासम्म वन पदमार्ग र सोही २० स्थानमा पर्यटक विश्रामलय निमार्णका लागि ३ करोड बजेट माग गरेका छन् । त्यस्तै,अध्यक्ष शेर्पाले होमस्टे प्रवद्र्धनका लागि ४५ लाख, पर्यटन कार्यक्रम संचालनका लागि ५० लाख बजेट माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार