छुटेका लाभग्राहीले सुरक्षा भत्ता लिन चिशंखुगढीको आग्रह

काठमाठौं : ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिन छुटेका लाभग्राहीलाई भत्ता बुझ्न आग्रह गरेको छ ।

गाउँपालिकाले एक सूचना जारी गरि आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको भत्ता लिन छुटेकालाई नागरिकता र परिचयपत्र सहित स्वंयम उपस्थित भइ सम्बन्धित वडा कार्यालयबाट भत्ता बझन आग्रह गरेको हो ।

वडा-१ कुईभीरले १२ गते, वडा-२ पोखरेले १३ गते, वडा-३ दियालले १५ गते, वडा-४ रातमाटेले १६ गते, वडा-६ भदौरेले १० र ११ गतेको समय तोकेको छ ।

त्यस्तै,गाउँपालिकाले वडा-७ माम्खाले १७ गते र वडा-८ माम्खाले १८ गते भत्ता वितरण समय तोकेको छ । भत्ता वितरण गाउँपालिकाको समन्वयबाट कुमारी बैंकले गर्ने जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार