पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १७ जना घाइते

काठमाडौं : पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बागलुङको बुर्तिबाङदेखि बुटवलका लागि छुटेको लु १ ज ५९५२ नम्बरको बस आइतबार साँझ पाल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना भएको जानकारी दिए ।

उनका अनुसार बस सडकदेखि ३०० मिटर तल खसेको थियो । उनले ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जनालाई उद्धार गरी उपचारको लागि पाल्पा पठाएको उनले जानकारी दिए ।

मृतकहरुको सनाखत हुन नसकेको र दुर्घटनाको कारण पनि अझै नखुलेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार