चम्पादेवीले निर्माण गर्‍याे २५० किलोमिटर सडक,थप विस्तार गर्दै

काठमाडौं : ओखलढुगांको चम्पादेवी गाउँपालिकाले २ सय ५० किलोमिटर सडक निमार्ण गरेको छ । गाउँपालिकाको प्राय: जसो धेरै ठाउँमा सडक पुर्‍याइएको गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिए ।

सडकलाई प्राथमिकता दिँदै गाउँपालिकाले काम गर्दै आएको उनले बताए । सडक पुर्‍याउने काम पूरा गर्न तथा स्तरन्नोति गर्न चालु आर्थिक वर्ष २०७९/८० लागि २ करोड बजेट विनियोजन गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

वर्षातको समयमा सबै कच्ची सडकमा समस्या आएको अध्यक्ष केसीले बताए । अध्यक्ष केसीका अनुसार मुख्यगरी साँघुटार, घोराखोरी हुँदै ओखलढुगां सदरमुकाम जानेबाटो, विलन्दुबाट श्रीचौर जानेबाटो, नवलपुरबाट गाउँपालिका हुँदै ककनीजानेबाट, गाउँपालिका हुँदै फेदीगुठ, फुलबाट जानेबाट समयसमयमा अबरुद्ध हुने गरेका छन् ।

सडकमा आउने समस्याले नागरिककलाई सास्ती छ । वर्षातको पानीले बाटो हिलो हुँदा आवातजावतमा समस्या हुने गरेको हो । बाटो चिप्लो भए पछि टायर चिप्लिदा सवारी चालकहरुको ज्यान पनि जोखिममा पर्ने गरेको छ । यात्रुहरु सकुशलै गन्तव्यमा कसरी पुग्ने भनेर चिन्तित हुँदै यात्रा गर्न बाध्य छन् ।

बाटो विग्रिदा दुई पाग्रेदेखि ठूलो सवारी साधनमा यात्रा गर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेको चम्पादेवि गाउँपालिका वडा ४ का स्थानीय डम्बर गिरीले बताए । यसैगरी चम्पादेवि गाउँपालिका वडा-८ का विष्णु घिमिरेले सडकको ट्रयाक खोल्दा र बाटो विस्तार गर्दा आवश्यक अध्ययन गरेर मात्र बाटो निमार्ण गर्न आवश्यक रहेको बताए ।

ढल तथा नालीको उचित व्यवस्थापनमा ध्यान दिए वर्षेनि सडक मर्मतमा हुने बजेट खर्च कम हुने वडा-१० का कल्याण तामाङले बताए । अवरुद्ध सडकको समस्या समाधानका लागि बाटोको स्तरन्नोती गर्ने, पाइप राखेर पानी नियन्त्रण गर्ने तथा ग्राभेल गरी हिउँद बर्खा नै सवारीसाधन सञ्चालन गर्ने वातावरण बनाउनेमा पालिका लागी परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार