शेर्पा कलाकार संघको नेतृत्वमा ‘कुंगा शेर्पा’

काठमाडौं : शेर्पा कलाकार संघ नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुंगा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

नेपाल शेर्पा संघको संघीय कार्यालय नारायणटारमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दावा के शेर्पा र केसाङ शेर्पा, उपाध्यक्षमा साङ्गे शेर्पा, महासचिवमा ल्हमु शेर्पा, सचिवमा सोनाम शेर्पा, कोषाध्यक्षमा पाल्मो शेर्पा, सहकोषाध्यक्षमा आङतेन्जी शेर्पा लगायत चयन गरेको हो ।

सोनाम याङजी शेर्पालाई प्रवक्ता र जाङमु इन शेर्पालाई सद्भावनादूतमा चयन गर्ने निर्णय भएको निर्वतमान अध्यक्ष डिजे छेवाङ शेर्पाले जानकारी दिए ।

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको जनाइएको छ ।

संविधान सभाका सदस्य आङ दावा शेर्पाको संयोजकत्वमा गठित निर्वाचन समितिले कुंगा शेर्पालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार