सर्वांगीण विकासमा जोड दिँदै नगरपालिका अघि बढेको छ : खनाल

ओखलढुगां : जिल्लाको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले नगरपालिकाले सर्वांगीण विकासमा जोड दिएर अघि बढेको बताएका छन् ।  मेयर खनालले स्वास्थ्य, शिक्षा, खानेपानीसँगै भौतिक तथा सामाजिक विकासका लागि काम गरीरहेको बताए ।

अहिले वर्षातको समय भएकाले पहिरोजन्य विपद् आउन सक्ने भन्दै तयारी अवस्थामा रहेको उनले बताए । मेयर खनालले नगरपालिकाको १२ वटै वडाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम रहेको जानकारी दिए ।

लिखित रुपमा जोखिममा परेको भन्ने आवेदन वा अप्रिय घटना हालसम्म नभए पनि आवश्यक बजेटको विनियोजन गरी तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

कुनै समस्या आइपरेमा हरेक वडामा जनप्रतिनिधि रहेको भन्दै नागरिकलाई अप्ठ्यारो परे जुनसुकै अवस्थामा सेवामा खटिन तयार रहेको विश्वास उनले दिलाएका छन् ।

उनले सामाजिक सुरक्षा भत्ता वितरणको विषयमा कुरा गर्दै अशक्त व्यक्तिहरुलाई सम्बन्धित वडामै गएर भत्ता वितरण गर्न पहल गरिरहेको जानकारी गराए ।

उनले सम्बन्धित बैंकहरुले वडामा भत्ता वितरणका लागि जनशक्ति अभावको कारण देखाएपनि समझदारी गर्ने प्रयत्न जारी रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार