आरजुलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने कुरा हल्ला मात्रै हो : प्रचण्ड

काठमाडौंं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको बताएका छन् ।

शनिबार जनकपुरमा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘यो सब हावा कुरा हो,यो एक भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला हो, यसमा कुनै सत्यता छैन,’

उनले आरजु उपचारका क्रममा दिल्लीमा भएको र नेपाली राजदूत शंकर शर्माले ब्रेकफास्ट मिटिङ भनेर दूतावासमा बोलाएका बेला आरजुसँग भेट भएको स्पष्ट पारे ।

त्यस्तै,उनले संसदले नागरिकता विधेयक पारित गरेर झण्डै ७ लाख नेपालीहरु नागरिकताबाट बञ्चित हुने अवस्थाको अन्त्य गरिएको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार