ज्ञवालीले भने : नागरिकता विधेयक नागरिकको हितमा छैन

काठमाडौं :  नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको उनले बताए ।

उनले भने,‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएको छ, यो देशको हितमा छैन ।’ शुक्रबार प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेको थियो । विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार