लिब्जु भुम्जु पुरस्कार एम बी थुलुङलाई वितरण

काठमाडौं : वाम्बुले राई साहित्य प्रकाशन काठमाडौंले ‘लिब्जु भुम्जु पुरस्कार’ कवि एम बी थुलुुङ राईलाई प्रदान गरेको छ । इक लिब्जु भुम्जु साहित्यिक त्रैमासिकले शुक्रबार ललितपुर जिल्लाको सातदोबाटोस्थित चासुवा रेष्टुरेन्टमा कार्यक्रम आयोजना गरि राईलाई पुरस्कार वितरण गरेको हो ।

राष्ट्रगानका रचनाकार व्याकुल माइला,लिब्जु भुम्जु पुरस्कारका सस्थापक एंव वरिष्ठ पत्रकार पुष्पहरि क्याम्पा राई लगायतले सयुक्त रुपमा उक्त पुरस्कार वितरण गरेका थिए । इक लिब्जु भुम्जु त्रैमासिक पत्रिकाका संम्पादक एवं प्रकाशक गणेश राईले २० औँ संस्करणको पुरस्कार राईलाई दिने निर्णय भएअनुसार पुरस्कार वितरण गरिएको जानकारी दिए ।

अरु कविता भन्दा यो कविताले किरात वाम्बुले राईहरुको भाषा,संस्कृतिबारे समेटकोले छनोट गरिएको उनको भनाइ छ । पुरस्कारको राशी जनही पाँच हजारसहित सम्मानपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ब्याकुल माइलाले पुरस्कार राशी कम भएपनि यसको प्रतिष्ठा ठूलो रहेको बताए। उनले भने,‘हाम्रो कला संस्कार,संस्कृति कविताको माध्यामबाट पनि बचाउन मद्धत पुग्छ,उहाँजस्तै अरु नयाँ पिँढीहरुले पनि यसैगरी आफ्नो कला संस्कृति जगेर्ना गर्न आवश्यक छ।’

पुरस्कारका सस्थापक पुष्पहरि क्याम्पा राईले पनि यस्तै पुरस्कार वितरणले थप संस्कृति जर्गेना गर्नमा टेवा पुग्ने बताए । यसअघिका पुरस्कार विरही विमल राई,रजन सुबुकु,शुभचन्द्र राई,शुभराज राईकाजीलगायतले पाएका छन् । २०५० सालबाट लिब्जु भुम्जु त्रैमासिक पत्रिका प्रकाशन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार