अन्तत : नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेको छ । शुक्रबार दिउँसो १ बजे सुरु भएको बैठक निरन्तर ८ बजेसम्म छलफल गरी विधेयक पारित गरिएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले छलफलमाथि उठेका प्रश्नको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन ।

विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी थिए ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले आमाबुबा दुवै नेपाली भए पनि सन्तानले नागरिकता पाउन नसक्दा लाखौँ युवाले राज्यको सेवा सुविधाबाट वञ्चित हुन पुगेको भन्दै यो विधेयक ल्याइएको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार