सरकारले बढायो बैंकको ब्याजदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालू आव ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले ७ प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको घोषणा गरेका हुन् ।

ब्याजदर बढेसँगै बैंकहरूबीच आपसमा हुने कारोबारको दर पनि बढ्नेछ । राष्ट्र बैंकले चालू आवमा अनिवार्य नगद मौज्दात (सिआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ ।

उनका अनुसार राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले दुई थरी ब्याजदरको व्यवस्था गरेको छ । मौद्रिक नीतिमार्फत कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुई थरी ब्याजको व्यवस्था भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार