स्वास्थ्य बिमाअन्तर्गतको उपचारबारे निर्णय मन्त्रिपरिषद्ले गर्ने

काठमाडौं : मन्त्रिपरिषद्ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको स्वास्थ्य बिमाअन्तर्गतको उपचार निजी मेडिकल कलेज तथा अस्पताललाई दिने वा नदिने निर्णय गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले अब यसको निर्णय मन्त्रिपरिषद्ले गर्ने जानकारी दिएका छन् ।

स्वास्थ्य बीमा बोर्डबाट स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताललाई रोक्न नहुने भन्दै पत्र मन्त्रालयमा आएको भए पनि सरकारले बजेटमार्फत गरेको निर्णयविपरीत मन्त्रालयले एक्लै निर्णय गर्न नसक्ने भएकाले यसबारे निर्णय गर्न मन्त्रिपरिषदमा पठाउन लागिएको उनले जानकारी दिए ।

सरकारले आव ०७९/८० मा बीमाअन्तर्गतको स्वास्थ्य उपचार सामुदायिक र सरकारी अस्पताललाई मात्र दिने बजेटमा उल्लेख गरेपछि बिमाअन्तर्गत उपचार सुविधा दिँदै आएका उपत्यका तथा बाहिरका ठूला निजी मेडिकल कलेजहरूले उपचार सेवा बन्द गर्न थालिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार