मौद्रिक नीतिको ‘ड्राफ्ट’ तयार,भाेलि सार्वजनिक हुन सक्ने

काठमाडौं : मौद्रिक नीतिको सबै तयारी पूरा भएको छ । राष्ट्र बैंकको मौद्रिक नीति व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अन्तिम तयारी गर्दै सोको ‘ड्राफ्ट’ तयार भइसकेको जानकारी दिएको हो ।

बोर्डबाट पारित भए भोलि(शुक्रबार) नै मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

बिहीबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका लागि तयार ड्राफ्टसहित अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार