ओखलढुंगामा नामावली सार्न सातदिन भित्र विवरण पेश गर्न पत्रचार

काठमाडौं : ओलखढुगांको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक सकिएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको संयोजकत्वमा रहेको उक्त समितिको बैठकले मतदानस्थल थप्नुपर्ने तथा मतदाताहरुको नामावली सार्नका लागि विवरण पेश गर्न पालिकाहरुलाई पत्रचार गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत प्रेम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार थप्नुपर्ने मतदान स्थल तथा मतदाताहरुको विवरण पेश गर्नका लागि लागि एकसाता समयसीमा निर्धारण गरिएको छ । पालिकाबाट आउने सिफारिसका आधारमा निर्णय गरिने निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार