असहयोग गर्नेविरुद्ध छानविन गर्न कार्यदल गठन गर्ने नेकपा एमालेकाे निर्णय

काठमाडौं : नेकपा एमाले ओलखढुंगाले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरेको छ । बुधबार र बिहीबार बसेको नेकपा एमाले जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकले निर्वाचनका बेला पार्टीलाई असहयोग गर्ने विरुद्ध छानविन गर्नका लागि कार्यदल गठन गरेको छ ।

उपाध्यक्ष हर्कबोल राईको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । पार्टी सचिव कमल न्यौपाने र उपसचिव अशोक थापा सदस्य रहेको कार्यदलले निर्वाचनका क्रममा भएका गतिविधिहरुको बस्तुगत तथ्यको विश्लेषण गरी प्रतिवेदन पेश गर्नेछ ।

आफ्नै पार्टीका नेता कार्यकर्ताबाट भएको असहयोगका कारण निर्वाचनमा एमाले ओखलढुंगाले अपेक्षित नजिता हासिल गर्न नसेको निष्कर्ष बैठकले निकालेको छ । बैठकमा पार्टी गतविधि,भावी कार्ययोजना, आर्थिक तथा कार्यालय व्यवस्थापन, सार्वजनिक महत्वका विषयमा समेत छलफल गरिएको जिल्ला अध्यक्ष शंकर कटवालले जानकारी दिए ।

बैठकले संघ तथा प्रदेशका निर्वाचन नजिकिदै गर्दा आवश्यक तयारी गर्ने निर्णय गरेको छ । नेकपा एमालेका प्रदेश कमिटि अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज किशोर अधिकारी, केन्द्रीय सदस्य तथा संघीय सांसद यज्ञराज सुनुवार, पूर्वमन्त्री एवं प्रदेश इन्चार्ज अम्बिरबाबु गुरुङ, नानीबाबु बूढाथोकी लगायत प्रदेश तथा जिल्ला कमिटिका सदस्यहरु बैठकमा सहभागि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार