सरकारलाई सभामुखकाे निर्देशन : एसपिपी सम्झौताबारे सदनमा जानकारी गराउनू

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी)बारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहिबार भएको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसपिपीको विषयमा चर्को रुपमा आवाज उठाएपछि उनले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

सरकारलाई रुलिङ गर्दै सापकोटाले भने, ‘माननीयहरूले उठाउनु भएको एसपिपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ, सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनु हुन नेपाल सरकारलाई निर्देश गर्दछु।’

बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादीका प्रमुख सचेतक देव गुरुङ लगायतले एसपिपीबारे प्रश्न उठाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार