संसदीय छानबिन समितिले भोलि अर्थमन्त्री शर्मासँग बयान लिने

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले भोलि (बिहिबार) बिहान उनीसँग बयान लिने भएको छ ।

चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी आलोचना र दबाब बढेपछि सभामुख अग्निप्रसाद सापकोटाले गत असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

त्यही दिन शर्माले पदबाट राजीनामा घोषणा गरेका थिए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोप शर्मामाथि छ । समितिलाई काम सुरु गरेको दश दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार