‘पार्टी सिद्धान्त र पद्धती भन्दा व्यक्ति माथि हुन सक्दैन’

ओखलढुंगा : जनता समाजवादी पार्टी नेपाल ओखलढुंगाका अध्यक्ष खेमराज खड्काले पार्टी सिद्धान्त, पद्धती भन्दा व्यक्ति माथि हुन नसक्ने बताएका छन् । वैकल्पिक शक्तिको रुपमा पार्टी उदयमान रहेको बताउँदै अध्यक्ष खड्काले पार्टीको विचार, सिद्धान्त र मार्गनिर्देशन भन्दा व्यक्ति माथि हुन नसक्ने बताएका हुन् ।

भरखरै कार्यकारी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच सम्वन्ध विच्छेद भएको प्रसंगलाई जोड्दै खड्काले यस्तो बताएका हुन् ।

तत्कालीन नयाँ शक्तिबाट पार्टीमा समाहित भएर जिल्ला अध्यक्ष बनेका खड्काले आफू जसपाको एजेण्डामा अघि बढेकाले को व्यक्ति कता गयो भन्नेमा अर्थ नरहने धारण व्यक्त गरे । उनले आफू पार्टी संस्थापन पक्षमै रहेर राजनीतिमा क्रियाशिल हुने पनि प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार