मोलुङ गाउँपालिका ३ वडाले वितरण गर्‍यो आलु पकेट स्थापना सामग्री

काठमाडौं : ओखलढुंगाको मोलुङ गाउँपालिका-३ वडा कार्यालयले वडाको थुम्की, गोपे,आहाल डाँडा र किरादिमका किसानहरुलाई आलु पकेट स्थापनाका लागि सामग्री वितरण गरेको छ । बुधबार वडाअध्यक्ष मित्रबहादुर  सुनुवार,कार्यापालिका सदस्य,कर्मचारी तथा अन्य समाजसेवीको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट विकास कार्यक्रमम अन्तर्गत गाउँपालिका ३ स्थानीयहरुलाई सामग्री वितरण गरिएको हो ।

थुम्की, गोपे, आहाल डाँडा र किरादिमका किसानहरुलाई ७२ थान जैविक मल बनाउने ड्रम, ७२ थान न्यापस्याक स्प्रेयर सेट लगायत अन्य सामग्रीहरु वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार