बलेरो दुर्घटना : घाइते गुरुनिमा शेर्पासहित दुई जना काठमाडौं रिफर

काठमाडौं : बलेरो दुर्घटनामा गम्भिर घाइते भएका गुरुनिमा शेर्पालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । मंगलबार साँझ सोलुदुधकुण्ड नगरपालिका-५ सल्लेरीमा भएको दुर्घटनामा परेका ओखलढुंगा मोलुङ गाउँपालिका वडा-७ कातिकेका शेर्पालाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

त्यस्तै,घाइतेमध्ये महाकुलुङ गाउँपालिका-३ की २१ वर्षीय सृष्टि राई, गाउँपालिका १ की ६९ वर्षीया मनमाया राईलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए ।

घाइतेमध्ये २ जना डिस्चार्ज भएको जनाइएको छ । उनीहरुको करङ, ढाडको हड्डी र टाउकोमा गहिरो चोट लागेको छ । घाइतेहरुलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ । थुलुङ दुधकोशी गाउँपालिका-८ का २९ वर्षीय विजय राई र महाकुलुङ गाउँपालिका २ का २९ वर्षीय दीप कुलुङको भने सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

चालक सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-७ का ३० वर्षीय विशाल खत्री र थुलुङ दुधकोशी गाउँपालिका ८ की ४८ वर्षीय संगित कला राईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । महाकुलुङबाट सल्लेरी आउँदै गरेको प्रदेश–३–०१–०२४ च ८८७८ नं.को बोलेरो गाडी सल्लेरी नजिकै थापा टोलबाट बजार तर्फ उक्लने क्रममा दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार