क्रिकेटका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले बुधबार पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको बताएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुले पदबाट राजीनामा दिएको पुष्टि गरिसकेको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार पुबुदुले राजीनामा क्यानमा बुझाइसकेका छन् ।
उनले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षण सम्हालेको ८ महिनामै पदबाट राजीनामा दिएका हुन् ।

नेपालका सबैभन्दा सफल क्रिकेट प्रशिक्षक मानिएका पुबुदुले राजीनामा दिएको केही घण्टामै आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार