मोलुङ गाउँपालिकाले भन्यो : सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्नू

ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नविकरण गराउन आह्वान गरेको छ । गाउपालिकाले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को उप नियम १ मा लाभग्राहीहरुले साउन महिनादेखि कातिक मसान्त भित्रमा सामाजिक सुरक्षा परिचयपत्र नविकरणको लागि निवेदन दिनुपर्ने उल्लेख भएपनी सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा वितरण गर्नुपर्ने साथै सामाजिक सुरक्षा नियमावली २०७६ को दफा ९ बमोजिम साउन मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्नुपर्ने सूचनामा उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज थापाद्वारा जारी सूचनामा लाभग्राही स्वायम आ-आफ्नो वडाकार्यालयमा उपस्थित भइ परिचयपत्र नविकरण गर्नुपर्नेछ । बालबालिका, पूर्ण अपाङ्गता भएका, ९० वर्षमाथि वा आफै उपस्थित हुन नसक्ने व्यक्तिकोको हकमा निजका आमा बुवा, संरक्षक उपस्थित भइ नविकरण गराउन सकिने छ ।

त्यस्तै,सरकारको आर्थिक वर्ष २०८९र८० को बजेट बक्तब्यमा ६८ वर्ष उमेर पुगेकालाई जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दिने उल्लेख छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पत्रअनुसार ६८ वर्ष पूरा भएका लाभग्राहीहरुको निवेदन प्राप्त गरि लाभग्राही सुचीकरण प्रक्रिया बढाउन भनिएकोले गाउँपालिका भित्रका सबै वडाहरुका लाभग्राहीहरुले आ-आफ्नो वडा कार्यालयबाट लाभ लिन पनि सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार