सिभिल सहकारी प्रकरण : इच्छाराज तामाङका पत्नी पक्राउ

काठमाडौं : प्रहरीले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पनि पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी श्यामकुमार महतोले ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई सीआईबीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको जानकारी दिए । शाक्य सिभिल सहकारी संस्थामा लेखा समिति सदस्य थिइन् ।

महतोका अनुसार सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए । त्यही कसूरमा फरार रहेकामा उनलाई पक्राउ गरिएको हो । सहकारीबाट ठगिएको भन्दै १५ सय ३० बचतकर्ताले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा पूर्वसांसद समेत रहेका तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार