बयानका लागि शर्मालाई बुधबार बोलाउने समितिकाे निर्णय

काठमाडौं : संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । मंगलबार शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले शर्मालाई बुधबार बोलाएर बयान लिने निर्णय गरेको हो ।​​

समितिका एक सदस्यले अहिले पनि तीब्र रुपमा छानबिन भइरहेको बताए । अब प्राप्त तथ्यलाई केलाएर विस्तृत प्रतिवेदन तयार गरेर सभामुख समक्ष पेस गर्ने उनको भनाइ छ । तर,जति नै छानबिन भएपनि समितिले अर्थमन्त्रीविरुद्ध अभियोग पुष्टि हुने कुनै हालसम्म प्रमाण भेट्टाउन सकेको छैन ।

समितिले यही बिहीबारसम्ममा आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोप शर्मामाथि छ । गत असार २२ गते उक्त आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार