ओखलढुंगा अदालतमा एक वर्षमा ४७४ मुद्दा दर्ता,२७६ मुद्दाको फैसला

ओखलढुंगा : ओखलढुंगा जिल्ला अदालतमा एक वर्षको अवधिमा ४ सय ७४ मुद्दा दर्ता भएको छ । जिल्ला अदालतका स्रेस्तेदार उपसचिव नविन खनालका अनुसार फौजदारी तर्फ जबरजस्ती करणी ७८,ज्यान सम्बन्धी १३,अन्य १ सय १५ गरी कुल २ सय ६ मुद्दा दर्ता भएको हो ।

त्यस्तै,देवानीतर्फ सम्बन्ध विच्छेद १ सय ४१ अन्य १ सय २७ गरी जम्मा २ सय ६८ मुद्दा दर्ता भएको मंगलबार सञ्चारकर्मीसँग भएको अन्तक्रिया कार्यक्रममा उनले जानकारी दिए ।

मुद्दा दर्ता भएकामध्ये २ सय ७६ मुद्दाको फैसला भइसकेको उनले जानकारी दिए । फौजदारी तर्फ जबरजस्ती करणी,३४,ज्यान सम्बन्धी ३,अन्य ४३ गरी जम्मा १ सय ६ र देवानी तर्फ सम्बन्ध विच्छेद ९८ र अन्य ७२ गरी जम्मा १ सय ७० मुद्दाको फैसला भएको अदालतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार