अपमानित भएको भन्दै पूर्वमन्त्री दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन् ।

विज्ञप्तिमार्फत उनीहरुले पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लान्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गरेपछि पार्टी परित्याग गरेको बताएका छन् ।

‘विधि विधानको धज्जी उडाएर, सर्वसत्तावाद र अहंकार मौलाएको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्ने वातावरण नरहेकाले गरी पार्टीबाट अलग भएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार