विवाह गरेको सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिन एमालेको माग

काठमाडौं : नेकपा एमालेका सांसदहरुले नागरिकता विधेयकको संशोधन प्रस्तावमा नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिक नेपालमा सात वर्ष बसोबास गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न योग्य हुने व्यवस्था गर्न माग गरेका छन् ।​

एमाले सांसद भीम रावल, कृष्णभक्त पोखरेल, झपट रावल, नविना लामा, विद्या भट्टराई, बिन्दा पाण्डेसहितका सांसदहरुले संशोधन प्रस्तावका बिषयमा यस्तो माग गरेका हुन् ।​

सरकारले संसद्‌मा पेश गरेको नागरिकता विधेयकमा आज ३८ सांसदहरुले २९ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संसद्को विधेयक शाखाले प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सकेर संशोधन गर्न सचिवालयले दिएको ७२ घण्टामा २९ संशोधन दर्ता भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार