नेपालमा हुने महिला साफ सर्‍यो

काठमाडौं : नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिप एक हप्ता पछि सरेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहभागी टोलीलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।

साफले भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको महिला साफ सारिएको जनाएको छ ।

अब महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार