संसदको आयु चुनावको मनोनयन दर्ता दिनसम्म रहने

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् ।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले फाइनल भइनसके पनि सोही दिनसम्म आयु रहन्छ भन्ने मोटामोटी निश्चित रहेको जानकारी दिए ।

उनले भने,‘यो संसदको आयु नोमिनेसनसम्म रहन्छ भन्नेछ,त्यसमा फाइनल होइन मोटामोटी नोमिनेसनको दिनसम्म संसद रहन्छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार