साउन ४ गतेदेखि ओखलढुंगामा कोरोनाविरुद्धको खोप पुन: दिइँदै

ओखलढुंगा : जिल्लामा कोभिड-१९ विरुद्धको खोप अभियान पुन: शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय ओखलढुंगाले एक सूचना जारी गर्दै खोप अभियान सञ्चालन हुने स्थान तथा केन्द्रहरु तोकेको हो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ८ वटै स्थानीय तहहरुमा खोप अभियान एकसाथ सञ्चालन हुने छ । यही साउन ४ गतेदेखि ७ गतेसम्म खोप सञ्चालन हुने बताइएको छ । कार्यालयले यो खोप पहिलो वा दोस्रो डोज लगाएका १८ वर्षमाथिका सबै नागरिकका लागि दिइने सूचनामा उल्लेख गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि आज(सोमबार)देखि २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार