एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो समय पुन: कोरोना संक्रमितको संख्या उकालो लागेको छ ।

२४ घण्टामा ४ हजार ६ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको छ। ४८ जना निको भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार