निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै कांग्रेस पहिलो दल बनेको निष्कर्षसहित गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘कांग्रेसलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै केन्द्रीय कार्यसमितिको यो बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आपसी संवाद गरी चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गरेको छ ।’

उनले तालमेल गर्दा संविधान कार्यान्वयन र आर्थिक रुपान्तरणको साझा धारणा तय गरेर ५ बर्षसम्म स्थिर सरकार बनाउने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार